मुख्य समाचार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत चार करोड १७ लाख रुपैयाँभन्दा बढी बुझाएका छन् ।

ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व बुझाइएको थियो ।


आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मंसिर)मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन ।

दोस्रो सिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताए ।



ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन ।

नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् ।

सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् ।

व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ ।

२०३९ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र नीति नेपालको घरेलु आर्थिक आकांक्षाको बाह्य साधन बन्नुपर्ने बताएका छन् । उनले नेपालको परराष्ट्र नीतिले मुलुकका लागि प्रत्यक्ष र रूपान्तरणकारी आर्थिक परिणाम दिनुपर्ने धारणा पनि राखे । जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड : ग्रेट पावर कम्पिटिसन एन्ड द इलिबरल रिभोल्ट ...
। सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशासनिक ढिलासुस्ती र कमजोर लेखा प्रणालीका कारण वैदेशिक सहायताका आयोजनाहरूको शोधभर्ना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले सरकारी अक्षमताका कारण वैदेशिक अनुदानबापतको रकम प्राप्त हुन नसक्दा राष्ट्रिय ढुकुटीमा अनावश्यक दबाब परेको बताएका हुन् । पराजुलीले ‘अन बजेट’ ...
। ललितपुरको बालकुमारी-बल्खु खण्डमा सडक बत्ती जडान गरिएको छ। चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ। चक्रपथ निर्माणको सात वर्षपछि यहाँ सडक बत्ती जडानको काम भएको हो। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेसँगै चक्रपथ रातमा झिलमिली भएको छ। सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्।
। डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई ...