मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी दिएका छन् ।

राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले यस्तो छलफललाई स्वाभाविक भएको आसय व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो कि होइन भन्नेमा प्रश्नमा छलफल गर्न बोलाउन सकिन्छ । सुझाव लिन बोलाउन सकिन्छ त्यो विषयमा के भइरहेको हो भनेर तपाईंले के गरिराख्नु भएको छ भनेर बोलाउन सकिन्छ’ प्रमुख आयुक्त राईले भने,’त्यसैले हामी गएर छलफल गर्यौं ।’

अहिले मुद्दा दर्ता भइसकेकोले त्यसमा केही कैफियत छ कि छैन भन्ने अभियोजन नै हेर्न उनले सांसदहरूलाई सुझाव दिए ।


‘अभियोजनको त्यो पत्र तपाईंहरूले हेर्नुस् स्पष्ट देख्नुहुन्छ । कैफियत बिना हामीले लगेको अवस्था छैन’ उनले भने,’ यसमा म धेरै प्रवेश गर्न चाहन्नँ ।’

पासपोर्टको ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयमा ७ घण्टा राखेर दबाब मुद्दा चलाउन दबाब दिएको घटना बाहिर आएको थियो । त्यो विषयमा सांसदहरूले बिहीबारको बैठकमा प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की र प्रधानमन्त्री कार्यालयमै थुनियो भन्ने कुरा आउनु गम्भीर विषय भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्नेमा प्रसंगमा यो कुरा उठाएका हुन् । ‘म यहाँ एउटा गम्भीर विषय उठाउन चाहन्छु। यो व्यक्ति प्रेम ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् । भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय ...
। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ...
। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केहीले कार्य सम्पन्न गरिसकेको ...
। चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् । उनीहरुले १४ साउनको बिहान साढे ७ ...