मुख्य समाचार
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हाले
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हाले

। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा रावलको नियुक्तिपछि राष्ट्र बैंकको सञ्चालक समितिले पनि पूर्णता पाएको छ ।

यसअघि सरकारले गत वैशाखमा एक डेपुटी गभर्नर नियुक्त गरेपनि अर्को खाली राखेको थियो । गत वैशाखमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरेका कार्यकारी निर्देशक रावलले बिहीबार देखि डेपुटी गभर्नरको जिम्मेवारी सुरु गरे । केन्द्रीय बैंकमा दुई दशकभन्दा बढी बिताएका रावल वित्तीय संस्था नियमन, बैंक सुपरीवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणमा दख्खल मानिन्छन् ।
उनले यसअघि विवेकशील नियमन, जोखिममा आधारित सुपरीवेक्षण ढाँचा र वित्तीय स्थायित्व अनुगमनको नेतृत्व गरिसकेका छन् । केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागको निर्देशकको रूपमा काम गरेका रावलले राष्ट्रिय मुद्रा सञ्चालनमा प्रणालीगत नियन्त्रण र जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ देखि २०२४ सम्म उनी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको नेतृत्वमा थिए । नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी सर्वोच्च निकाय राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको रूपमा समेत काम गरेका उनी नेपालको तेस्रो चरणको पारस्पारिक मूल्यांकन (२०२२–२०२४) को क्रममा मुख्य सम्पर्क व्यक्ति थिए ।

नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नुअघि नेपाल बैंकमा सहायक प्रबन्धक रहेका रावलले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट फाइनान्समा विद्यावारिधि हासिल गरेका छन् । फाइनान्समा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी स्नातक र स्नातकोत्तर दुवै तहमा कलेज टपर भएका थिए । नेपाली बैंकिङ सम्बन्धी दुईवटा पुस्तकका सह–लेखक समेत रहेका रावल सन् २०१२ को ’समाना बैंकिङ पुरस्कार’ बाट सम्मानित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...