मुख्य समाचार
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हाले
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हाले

। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा रावलको नियुक्तिपछि राष्ट्र बैंकको सञ्चालक समितिले पनि पूर्णता पाएको छ ।

यसअघि सरकारले गत वैशाखमा एक डेपुटी गभर्नर नियुक्त गरेपनि अर्को खाली राखेको थियो । गत वैशाखमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरेका कार्यकारी निर्देशक रावलले बिहीबार देखि डेपुटी गभर्नरको जिम्मेवारी सुरु गरे । केन्द्रीय बैंकमा दुई दशकभन्दा बढी बिताएका रावल वित्तीय संस्था नियमन, बैंक सुपरीवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणमा दख्खल मानिन्छन् ।
उनले यसअघि विवेकशील नियमन, जोखिममा आधारित सुपरीवेक्षण ढाँचा र वित्तीय स्थायित्व अनुगमनको नेतृत्व गरिसकेका छन् । केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागको निर्देशकको रूपमा काम गरेका रावलले राष्ट्रिय मुद्रा सञ्चालनमा प्रणालीगत नियन्त्रण र जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ देखि २०२४ सम्म उनी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको नेतृत्वमा थिए । नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी सर्वोच्च निकाय राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको रूपमा समेत काम गरेका उनी नेपालको तेस्रो चरणको पारस्पारिक मूल्यांकन (२०२२–२०२४) को क्रममा मुख्य सम्पर्क व्यक्ति थिए ।

नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नुअघि नेपाल बैंकमा सहायक प्रबन्धक रहेका रावलले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट फाइनान्समा विद्यावारिधि हासिल गरेका छन् । फाइनान्समा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी स्नातक र स्नातकोत्तर दुवै तहमा कलेज टपर भएका थिए । नेपाली बैंकिङ सम्बन्धी दुईवटा पुस्तकका सह–लेखक समेत रहेका रावल सन् २०१२ को ’समाना बैंकिङ पुरस्कार’ बाट सम्मानित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम