मुख्य समाचार
कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाए
कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाए

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् ।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए ।

संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धति विपरीत हतारमा र जबरजस्ती लादिएको उनको तर्क थियो ।

‘विस्तृत रुपले छानबिन गरी विगतमा भएका त्रुटि र कमजोरीलाई समेत सच्याउँदै अध्ययन गरेर समिति बनाएर अध्ययन गरौं र त्यो समितिको प्रतिवेदन अनुसार जे जस्तो निर्णय गर्नुपर्छ गरौं भनेर हामीले आग्रह गर्‍यौं,’ उनले भने, ‘तर, पहिले नै तयारीका साथ केही साथीहरू आउनुभएको रहेछ । उहाँहरूले बागमती प्रदेश संसदीय दलको नेतालाई कारबाही गर्ने जबरजस्त निर्णय गर्नुभयो ।’



उनले आफू लगायत केही नेताहरूले उक्त निर्णयको विपक्षमा लिखित रूपमै फरक मत दर्ता गराएको जानकारी पनि दिए ।

‘म लगायत कतिपय साथीहरूले नोट अफ डिसेन्ट राख्नुभएको छ,’ उनले भने ।

नेता थापाले विगतका अभ्यास, पार्टी विधान र कमजोरीहरूको समग्र अध्ययन गर्न पहिले एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।

उनले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको तर सरकार गठनबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यहरूको निर्णयबाट कदम चालेको दाबी गरे ।

पार्टी पहिलेदेखि नै संकटमा रहेको अवस्थामा हैकमवादी शैलीमा नेता–कार्यकर्तामाथि कारबाही गर्दै जाँदा संगठन थप ध्वस्त हुने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की र प्रधानमन्त्री कार्यालयमै थुनियो भन्ने कुरा आउनु गम्भीर विषय भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्नेमा प्रसंगमा यो कुरा उठाएका हुन् । ‘म यहाँ एउटा गम्भीर विषय उठाउन चाहन्छु। यो व्यक्ति प्रेम ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् । भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय ...
। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ...
। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केहीले कार्य सम्पन्न गरिसकेको ...
। चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् । उनीहरुले १४ साउनको बिहान साढे ७ ...