मुख्य समाचार
विद्युत्‌को तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विद्युत्‌को तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

: विराटनगरमा विद्युत्‌को तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राजवंशी विराटनगर–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरी बस्दै आएका थिए। कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा शनिबार राति करिब ११:३० बजेतिर उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मुसाले काटेको बिजुलीको तार जोड्ने क्रममा राजवंशीलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...
: गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरू गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् । नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको वेला कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। भोटेकोशीमा आएको बाढीपछिको अवस्थाका बारेमा छलफल गर्न आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले बाढी प्रभावितको पीडालाई समाधान गर्ने सबैको साझा दायित्व भएको बताएका हुन्। देश अहिले चरम विपत्तिमा रहेकोले यो समय कसैको आलोचना र टीकाटिप्पणी गर्ने नरहेको ...
: रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकोप्टरमार्फत् आइतबार बिहान ११ बजेसम्म टिमुरे,धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक चार जनासहित १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा खटिएको संयुक्त टोलीमा विशेषज्ञ जनशक्ति थप गरिएको छ। ९३ जनाको ...
: त्रिशुली बाढीबाट प्रभावित गोरखाको सहिदलखन गाउँपालिकाले आफूलाई पनि विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समेट्न माग गरेको छ। गत भदौ १० गते, बुधबारको त्रिशुलीको बाढीबाट कटानमा परेको, भौतिक तथा मानवीय क्षति ब्यहोरेको भन्दी सो पालिकाले आफ्नो पालिकालाई पनि विपद संकटग्रस्त स्थानीय तहभित्र समेट्न नेपाल सरकारसंग माग गरेको हो। पालिकाले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत गृहमन्त्रालयसमक्ष माग पत्र ...