: भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन र राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान गर्ने उदेश्यले उक्त रकम कोषमा उपलब्ध गराएको हो।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहेको बैंकले जनाएको छ।