मुख्य समाचार
ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह
ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह

: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरेका छन्।
आइतबार पार्टी कार्यालयमा रसुवाको बाढीपहिरोबारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए।

उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न सरकारलाई सुझाव दिए। विपद्लाई राजनीतिक विषय नबनाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सबै दल र सरकार मिलेर संयुक्त प्रयास गर्नुपर्नेमा ओलीले जोड दिए।

विपद्मा जस लिने होडबाजी नगरी साझा समाधान खोज्न सबै राजनीतिक दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको ओलीको भनाई छ। अध्यक्ष ओलीले खोज तथा उद्धार कार्यमा ’नेपाल माउन्टेनियरिङ एसोसिएसन’ जस्ता हिमाली उद्धारमा दक्षता हासिल गरेका दक्ष संस्थाहरूको सहयोग सरकारले नलिएको उल्लेख गरे। उद्धारका लागि हेलिकप्टर भाडामा लिन र प्रयोग गर्न समेत आवश्यक समन्वय तथा अनुमति नदिइएकोप्रति ओलीले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...
: गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरू गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् । नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग ...