मुख्य समाचार
रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार
रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार

: रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकोप्टरमार्फत् आइतबार बिहान ११ बजेसम्म टिमुरे,धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक चार जनासहित १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा खटिएको संयुक्त टोलीमा विशेषज्ञ जनशक्ति थप गरिएको छ। ९३ जनाको टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी उद्धार तथा खोजी कार्य अघि बढाइरहेको छ।

बाढीको बहाव केही कम भएसँगै टनेलको प्रवेशद्वार पत्ता लगाउने कार्यसमेत पुनः सुरु गरिएको सेनाले जनाएको छ। बाढी प्रभावित जिल्लामा नेपाली सेनाका करिब ८ हजार ४ सयभन्दा बढी फौज परिचालन गरिएको छ।

उनीहरूले उद्धार, खोजी तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले भने, 'प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।' सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र ...
: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...