मुख्य समाचार
ओलीले राष्ट्रिय शोकको वेला कसैले पनि राजनीति गर्न नहुने बताए
ओलीले राष्ट्रिय शोकको वेला कसैले पनि राजनीति गर्न नहुने बताए

: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको वेला कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। भोटेकोशीमा आएको बाढीपछिको अवस्थाका बारेमा छलफल गर्न आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले बाढी प्रभावितको पीडालाई समाधान गर्ने सबैको साझा दायित्व भएको बताएका हुन्।

देश अहिले चरम विपत्तिमा रहेकोले यो समय कसैको आलोचना र टीकाटिप्पणी गर्ने नरहेको उनले बताए। प्रभावितको उद्धार र राहतका लागि सबैले उदारतापुर्वक ढंगले हात अगाडि बढाएउनु पर्ने ओलीको भनाई छ। सरकारको दायित्व अरुको भन्दा बढी हुने उल्लेख गर्दै उनले सरकारले उद्धार, राहत र पुनर्निमाणमा जोड दिनुपर्ने बताए।

यस्तै अध्यक्ष ओलीले विपद्को समयमा पनि एमाले र एमाले नेतृत्वकाविरुद्ध विभिन्न षड्यन्त्र गरेर बदनाम गर्ने काम भइरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले भने, 'प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।' सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र ...
: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...