मुख्य समाचार
रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन
रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन

: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ।

भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरुलाई बाधा पुगेपछि सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले भने, 'प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।' सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र ...
: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...