मुख्य समाचार
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि १ लाख ५० हजार अमेरिकी डलरबराबरको सामग्री प्रदान
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि १ लाख ५० हजार अमेरिकी डलरबराबरको सामग्री प्रदान

— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि १ लाख ५० हजार अमेरिकी डलरबराबरको सामग्री प्रदान गरेको छ ।

डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको हो ।

'डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ,' विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले भने । डब्लूएचओले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपत्कालीन स्वास्थ्य सामग्री पठाएको उनले जानकारी दिए ।

यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपतकालीन स्वास्थ्य सामग्री तथा पाल उपलब्ध गराइएको विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ । यस्तै डब्लूएचओले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको छ ।

डब्लूएचओले बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग, र वाहकजन्य रोगको जोखिमलगायत स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै यसतर्फ समयमै सबै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको व्यवस्था गरिएको जानकारी दिएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका लागि उद्योगहरुलाई बारा, पर्सा, चितवन, मकवनापुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरु तथा आफूलाई पायक पर्ने अन्य ...
— एमालेले सरकारलाई ५ बुँदे सुझाव दिँदै बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तुरुन्त एकीकृत ‘कमाण्ड पोस्ट’ निर्माण गर्न सुझाव दिएको छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा बिहीबार नुवाकोटको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि ...
भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनलाई लिएर सरकारले अपनाएको नीतिको एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बाढीमा परेर ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् । पोखरेलले भने, ...
रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीबारे एमालेले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्त प्रतिवेदन केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले भने, 'प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।' सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र ...