मुख्य समाचार
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ कराेड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ कराेड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार

। युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ कराेड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ ।

यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।

युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन (सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने) सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताए ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गरे ।



भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो ।

नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...