: भोटेकोशी नदीमा आएको बाढीले बगाएर चितवनमा ल्याएका १०३ शवको जमिनमुनि ब्यवस्थापन गरिएको छ। शव सड्ने र दुर्गन्ध फैलिने जोखिमका कारण चितवनमा फेला परेका शवको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगलमा शनिवारबाट ब्यवस्थापन गरिएको शुरु गरिएको हो। ।
चितवनमा २७२ शव फेला परेको छन् । तीमध्ये १२ वटा मात्रै सनाखत भएका छन्। पहिचान नभएका शवको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाट जङ्गलमा खाडल खनेर ब्यवस्थापन गरिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए।
डिएनएनए परीक्षणका लागि नमुना संकलन गरेपछि शवसंगै र जमिन माथि सङ्केत राखेर ब्यवस्थापन गरिएको पौडेलले बताए ।