मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नागरिकहरुको खोजी र उद्धार तीव्र पारिएको जानकारी
प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नागरिकहरुको खोजी र उद्धार तीव्र पारिएको जानकारी

: प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नागरिकहरुको खोजी र उद्धार तीव्र पारिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिकाबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म ९,४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा राखिएको जानकारी दिएका हुन्।

उनले राहत तथा उद्धार कार्यका लागि आईतबार मात्रै थप ७२ सहित ३९४ उडान भरेको र प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी परिचालन गरिएका जानकारी दिएका छन्। प्रभावित ठाउँका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहको भनाई छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको उल्लेख गर्दै उनले चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरेर उद्धारको प्रयास जारी जानकारी दिए। साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको तर अहिलेसम्म मानिस फेला पार्न नसकेको समेत उनले जानकारी गराएका छन्।

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी रहेको र उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको शाहको भनाई छ। प्रधानमन्त्री शाहका अनुसार घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। ‘टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ,’ शाहले भनेका छन्,‘नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।’

प्रधानमन्त्री शाहले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास राखेको बताए। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको र भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु गरेको उनको भनाई छ। रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु गरिसकेको शाहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत बाढी प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्य जारी रहेको बताएका हुन् । ‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले ...
। गुल्मीको धुर्कोट गाउँपालिका-५ डुकुर्तिमा आइतबार साँझ टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ः४० बजे तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए । बस्नेतको छाती र ...
। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिन भनेका हुन्। ‘राहत तथा उद्धार कार्यमा देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नू’ रविको निर्देर्शन थियो। त्यस्तै ...
। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत ...
। भदौ १० गतेको विनाशकारी बाढीले रसुवागढी नाकादेखि तल नुवाकोटको ढुंगे बजारदेखि देवीघाटसम्मै ठूलो क्षति गर्‍यो । अझ माथिल्लो बेल्ट बेत्रावती, स्याफ्रुबेसी, टिमुरे जस्ता बजार खण्डहरमा परिणत भयो । अहिले त्यो क्षेत्रमा मानिसहरूका शव यत्रतत्र छरिएका स्पष्ट देखिन्छन् । तर, तल्लो बेल्ट नुवाकोटको बट्टारदेखि त्रिशुलीसम्म सरकारको उपस्थिति देखिए पनि मुख्य प्रभावित भनिएको माथिल्लो बेल्टमा सरकारको उपस्थिति ...