मुख्य समाचार
रास्वपा सभापतिसँग जनप्रतिनिधिको गुनासो
रास्वपा सभापतिसँग जनप्रतिनिधिको गुनासो

। रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् ।

केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्।

संवादमा गोसाइकुँड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुन:र्स्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने, शव व्यवस्थापनको काम तुरुन्त थाल्नुपर्ने र यसका लागि आवश्यक सामग्रीको अभाव रहेको बताए। साथै विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्ने आवश्यकतामा जोड दिए।

आमाछोदिङमो गाउँपालिका, रसुवाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि तत्काल थप उपाय अपनाउनुपर्ने र सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।



कालिका गाउँपालिका, रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल जोड्नुपर्ने, तातो खाना पकाउनका लागि ग्यासको पूर्ण अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डर व्यवस्थापन गर्नुपर्ने, विद्युत प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तुरुन्त सुरु गर्नुपर्ने बताए। साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नरहेको गुनासो समेत गरे।

उत्तरगया गाउँपालिका, रसुवाका अध्यक्ष माधव प्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्याका रुपमा औंल्याए। साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुले नियमित जनसुरक्षाका कार्यहरु गर्न नसकेकाले सुरक्षा प्रत्याभूत हुन नसकेको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग गरे ।

बेलकोटगढी गाउँपालिका, नुवाकोटका अध्यक्ष जगत बहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितहरुका लागि अस्थायी वासस्थानको व्यवस्था गर्नुपर्ने बताए । साथै प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको जानकारी गराए।

गजुरी गाउँपालिका, धादिङका अध्यक्षले हाल कम्तीमा १०० वटा टेन्टको आवश्यकता रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने बताए।

सम्पूर्ण पालिका अध्यक्षहरुले उठाएका समस्या र सुझावहरु सुनेपछि सभापति रवि लामिछानेले नेपाल सरकार र सम्बन्धित निकायहरूसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विभिन्न मन्त्रीहरुसँग समन्वय गर्ने कार्य तत्कालै प्रारम्भ गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बारामा घरबाट हराएको पाडो खोज्न निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको शव आइतबार सोही वडाको सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पाडो खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । ...
। त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ । फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला परेपनि त्यसभित्र गएर उद्धार गर्नसक्ने बाटो बनाउन रातभरि खन्ने कामलाई निरन्तरता दिइनेछ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा ...
। रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् । आइतबार यी केन्द्रहरूमा तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नुवाकोटमा मात्रै १६ आश्रयस्थलमा दुई हजार २७४ जनाले आश्रय लिएको प्रधानमन्त्री ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पहिचान खुल्न नसकेका शवहरूलाई डीएनएलगायतका पहिचान खुल्नसक्ने आधार सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको बताएका छन् । आइतबार राति फेसबुकमार्फत उनले यस्तो जानकारी दिएका हुन् । हालसम्म बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री बालेनले उल्लेख गरेका छन् । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी ...
। नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ । आइतबार आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको डेढ करोड नगद र अनुमानित ५० करोड बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ । यस्तै, बैंकबाट केही महत्वपूर्ण कागजात पनि सुरक्षित फेला परेको प्रहरीले भनेको छ ...