मुख्य समाचार
टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु
टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु

। गुल्मीको धुर्कोट गाउँपालिका-५ डुकुर्तिमा आइतबार साँझ टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ५ः४० बजे तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए ।

बस्नेतको छाती र अनुहारमा गम्भीर चोट लागेको थियो । मोटरसाइकलको पछाडि सवार धुर्कोट गाउँपालिका–२ का २३ वर्षीय कमल पछाईको बायाँ हातमा सामान्य चोट लागेको थियो ।

दुवै घाइतेलाई जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। गम्भीर घाइते बस्नेतलाई थप उपचारका लागि पाल्पाको प्रभास रिफर गरिएकोमा आइतबार राति ११ बजे उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका हुन् ।
बस्नेतको शव सोमबार बिहान करिब ३ बजे जिल्ला अस्पताल तम्घास ल्याई शवगृहमा राखिएको छ ।

टिप्पर चालक प्युठानको गौमुखी गाउँपालिका–२ का ३० वर्षीय जीवन राना मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आइतबारसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष ...
। रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा ...
। बारामा घरबाट हराएको पाडो खोज्न निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको शव आइतबार सोही वडाको सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पाडो खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । ...
। त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ । फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला परेपनि त्यसभित्र गएर उद्धार गर्नसक्ने बाटो बनाउन रातभरि खन्ने कामलाई निरन्तरता दिइनेछ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा ...
। रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् । आइतबार यी केन्द्रहरूमा तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नुवाकोटमा मात्रै १६ आश्रयस्थलमा दुई हजार २७४ जनाले आश्रय लिएको प्रधानमन्त्री ...