मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताए
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताए

। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत बाढी प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्य जारी रहेको बताएका हुन् ।

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ । साथै, चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ ।’ तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको उनले बताएका छन् ।

यस्तै, नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको प्रधानमन्त्री शाहले बताएका छन् । ‘उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको छ । घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ,’ उनले लेखेका छन् ।

यस्तै, टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २/३ फिटको प्वाल बनाएर डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको उनले उल्लेख गरेका छन् । ‘त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ,’ उनले भनेका छन् ।



नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी रहेको प्रधानमन्त्री शाहले भनेका छन् ।

‘आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ,’ उनले अगाडि लेखेका छन्, ‘यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ ।’

यस्तै, रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको उनले लेखेका छन् ।

‘रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ,’ उनले भनेका छन् ।

रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको मुख्य ‘लाइफलाइन’ मानिने रसुवागढी–केरुङ नाका नामनिसान नरहने गरी बगायो । दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वको मुखैमा अप्रत्याशित बाढीले मुख्य नाका रसुवागढी पूर्णरूपमा ध्वस्त भएपछि रसुवागढी– केरुङतर्फबाट पैठारी गरिने मालसामान बोकेका कन्टेनर अहिले मुस्ताङ कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् । तर, एक्कासि थपिएको यो व्यापारिक ...
। सरकारले ‘अन्तर्राष्ट्रिय हानि नोक्सानी कोष’ सँग आपतकालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सहअध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाएको हो । भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि सरकारले ‘विशेष ...
। बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो । दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए । धामी भिरबाट करिब ४०० मिटर तल खोलामा ...
। नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित ...
। नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् । ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्। सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ ...