मुख्य समाचार
सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा
सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा

। रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

आइतबार यी केन्द्रहरूमा तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

नुवाकोटमा मात्रै १६ आश्रयस्थलमा दुई हजार २७४ जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नुवाकोटमा विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफहाउस/किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ ।



यस्तै, बेत्रावती भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरिनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल–भैरुम मावि, रिमाल डाँडा र इन्द्रायणि आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ ।

यस्तै, विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ ।

विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ भने, बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

यस्तै, उद्धार गरिएका घाइतेका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा उपचारसँगै राखिएको छ ।

उता, रसुवाका बाढी प्रभावितका लागि १० वटा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको र त्यसमा एक हजार १८० जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ मा हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल बनाइएका छन् ।

यस्तै, गोसाइकुण्ड गाउँपालिका–१, २, ३ र ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी र आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थ सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले रकम संकलन गरी ...
। मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो । सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आइतबारसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष ...
। रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा ...