: भोटेकोशी बाढीमा परेर भेटिएका ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ ।
फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको बताए ।
अस्पतालमा ल्याएका ९४ शवमध्ये ९ जनाको शवमात्र पहिचान गरि परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।
हालसम्म रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९०३ जनाको मृत्यु र ४ हजार २४७ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२ नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।