मुख्य समाचार
संसद बैठक आह्वानका लागि नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण
संसद बैठक आह्वानका लागि नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण

: संसद बैठक आह्वानका लागि नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको बैठक आह्वान गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन माग गर्दै सभामुख अर्याललाई ध्यानकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै सभामुख अर्यालले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताएको आङदेम्बेले जानकारी दिए।

देशमा आएको विपद्का कारण केही दिन संसदको बैठक स्थगित गरिएको भएपनि अब तत्काल सञ्चालन गर्न आफुले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेको भनाई छ।

विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद तथा संसदीय समितिहरूबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने आङदेम्बेले बताए। सत्तारूढ दलका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदको भूमिका अपरिहार्य रहेको आङदेम्बेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई ...
: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने ...
: नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी ...
: भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्। दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले २६ अगस्ट २०२६ मा आएको ...
: उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री- ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । करिब तीनसय मिटर माथिदेखि स्यारखोलासम्म पहिरो खसेको उनले बताए । पहिरोले केहीबेर खोला थुनिए पनि पछि खुल्ला भएको उनले ...