: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार बिहान १० बजे कीर्तिपुर- ७ विष्णुदेवी मन्दिर नजिकबाट बझाङ, केदारस्यूँ गाउँपालिका ३ का सत्यराज खत्री, कञ्चनपुर, कृष्णपुर नगरपालिका -३ का ललित दमाई र कञ्चनपुर, कृष्णपुर नगरपालिका-३ का अशोक भण्डारी पक्राउ परेका हुन्।
फोन नम्बर माग्दै, अश्लील शब्दहरू प्रयोग गरी सार्वजनिक रूपमा उनीहरुलाई दुर्व्यवहार गरिरहेकाले पक्राउ गरेको थापाले बताए।