मुख्य समाचार
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला

: नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा बाढी भुमरी परेकाले थप शव पनि फेला पर्ने आशंकामा उत्खनन् गर्ने कार्य जारी रहेको छ।

बाढी लगत्तै स्थानीयले पटक-पटक उक्त घरमा उद्धार र खोजको काम गर्न आग्रह गर्दै आएका थिए। बाढी आएको सातौं दिनमा आज शव भेटिएको हो। पहिचान खुल्न बाँकी रहकाले शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी पीडितहरूको व्यवस्थापन तथा पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताए । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन ...
: प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार साँझसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक ...
। महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन् । कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए । गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । बन्दीहरूले पीडितको राहत तथा उद्धार कार्यका लागि उक्त रकम ...
। नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए । जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको ...
। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ...