मुख्य समाचार
कोशीका २२ जना सम्पर्कमा, १ जनाको मृत्यु
कोशीका २२ जना सम्पर्कमा, १ जनाको मृत्यु

। भोटेकोशी नदीमा आएको भिषण बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशबाट १७६ जना हराइरहेको भन्दै आफन्तले प्रहरीलाई जानकारी गराएका हुन् । सम्पर्कविहीन मध्ये इलाममा एक जनाको शव फेला परेको छ । २२ जना परिवारको सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । अन्यको अवस्था अझै अज्ञात छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सोलुखुम्बु जिल्लाका सबैभन्दा धेरै नागरिक सम्पर्कविहीन छन् । सोलुखुम्बुका ४२ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । सोलुबाट एकै परिवारका तीन जनासम्म वेपत्ता छन् । ओखलढुङ्गाबाट २७ जना बेपत्ता छन् । उदयपुरका २१ जना बेपत्ता छन् । प्रहरीका अनुसार सम्पर्कविहीन मध्ये सोलुखुम्बुका ३ जना सम्पर्कमा आएका छन् । ओखलढुंगाका २ जना र उदयपुरका ५ जना सम्पर्कमा आएका छन् ।

सुनसरीबाट २० जना सम्पर्कविहीन छन् । जसमा ५ जना सम्पर्कमा आएका छन् । मोरङका १६ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । झापाबाट १३ जना, इलामबाट १२ जना, खोटाङबाट ११ जना, ताप्लेजुङबाट ५ जना, संखुवासभा र भोजपुरबाट ३–३ जना, धनकुटाबाट २ जना र पाँचथरबाट १ जना सम्पर्कविहीन छन् ।

इलामबाट सम्पर्कविहीन मध्ये २ जना सम्पर्कमा आएका छन् । सन्दकपुर गाउँपालिका ३ का ३५ वर्षीय दिवानन्द सुवेदी(दिवस)को शव भेटिएको छ । उनको शव आफन्तले बुझेर अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ । खतिवडाको पहिचान भएपछि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठनबाट श्रीमती इन्दु सुवेदी र भाइ विशालले शव बुझेका थिए ।

खोटाङका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना परिवारको सम्पर्कमा आएका छन् । प्रदेश प्रहरी प्रवक्ता थापाका अनुसार सम्पर्कविहीन रहेको भन्दै प्रहरीमा निवेदन आउनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार साँझसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक ...
। महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन् । कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए । गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । बन्दीहरूले पीडितको राहत तथा उद्धार कार्यका लागि उक्त रकम ...
। नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए । जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको ...
। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ...
: देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गरेका छन्। संघको पहलमा संकलित उक्त रकम व्यवसायीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। विपद्को कठिन घडीमा राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने उद्देश्यले व्यवसायीहरूले ...