मुख्य समाचार
रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान
रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान

: रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान गरिएको छ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी एवं विज्ञहरूसँग रसुवा-नुवाकोट लगायतका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए। सो छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो।

सोही बैठकको निर्णयअनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा आज टिमुरेमा सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको हो। हालः उक्त प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। यो प्रणाली आज रातिदेखि नै सञ्चालनमा आउनेछ।
जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे-रसुवागढी क्षेत्रमा नदीको बहाव र बाढीको अवस्था प्रत्यक्ष (रियल-टाइम) रूपमा अवलोकन गर्न सकिनेछ। यसबाट प्राप्त दृश्य तथा तथ्याङ्कलाई विभागको २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ।

विशेष गरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था अध्ययन गर्न, बाढीको सम्भावित जोखिम र घटनाको प्रारम्भिक पहिचान गर्न यस प्रणालीले सहयोग पुर्‍याउनेछ। यसबाट समयमै सूचना प्रवाह गरी क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् । घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् । भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूले उपलब्ध गराउन ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गौतमल यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् । ‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे ...
: सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानुनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय ...