मुख्य समाचार
ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने
ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ । सबै गरेर एक करोड २० लाख संकलन गर्छौं,’ अध्यक्ष ओलीले भने, ‘पार्टीको केन्द्रीय कोषबाट कम्तीमा त्यो खर्च गर्छौं ।’
एमालेले उक्त रकम आफै पीडितसमक्ष पुर्‍याउने कि सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने भन्ने अन्योल रहेको उनले सुनाए ।

‘सरकारकहाँ पुर्‍याए कोषमा परिराख्या छ । पीडितले पानी खान नपाएर ओठमुख सुकेका छन् । त्यसकारण हाम्रो अगाडि एउटा गम्भीर प्रश्न छ– साँच्चै पीडितकहाँ पुर्‍याउने कि सरकारको कोषमा देखाउने ?,’ उनले भने ।



सरकारको कोषमा पैसा जम्मा नभए एमालेले दिएन भन्ने हल्ला चल्ने पनि उनले बताए । उनले भने, ‘एउटा चर्चा चल्छ, सरकारको कोषमा देखिएन भने अरूले कोषमा पठाए, एमालेले पठाएन भन्ने ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री कोषलाई बलियो बनाउने पैसा नचाहिएको बताउँदै त्यो कोष पनि पीडितलाई राहत पुर्‍याउन बनाइएको टिप्पणी गरे ।

‘पीडितकहाँ कुन माध्यमबाट छिटो छरितो ढंगले यथार्थ पीडितकहाँ राहत पुग्छ हामी त्यही बाटो पुर्‍याउँछौं,’ उनले भने ।

एमालेले विपद्को उद्धार तथा राहतमा सक्दो प्रयास गरिरहेको र अझै गर्ने उनले बताए । अरूलाई पनि यस्तो विपत्तिका बेला दिल खोलेर सहयोग गर्नु आग्रह गरे ।

विपद्मा एमालेले सरकारसँग समन्वय गरेरै काम गर्न चाहेको अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् । घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् । भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूले उपलब्ध गराउन ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गौतमल यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् । ‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे ...
: सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानुनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय ...