मुख्य समाचार
मेरो आफन्तको उद्धार आफै गर्छु भन्दा पनि सरकारले रोकिराख्या छ
मेरो आफन्तको उद्धार आफै गर्छु भन्दा पनि सरकारले रोकिराख्या छ

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् ।

‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे छन्, त्यस्ता मान्छेलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे ।’

तर, प्रतिबन्ध लगाएर रोकिदिएको उनले बताए । ‘अब रेस्क्यू कहाँकहाँ गर्नुहुन्छ, सुरुङमुनिको रेस्क्यू त हेलिकप्टरबाट हुन्न । त्यहाँ मजदुर रोकेर राखेको बल्ल खुल्या छ ।’

स्थानीय जनताले पनि आफन्तको उद्धार गर्न नपाएको ओलीले आरोप लगाए । ‘स्थानीय जनता भनिराख्या छन्, हामीलाई आफन्तहरू खोज्न देउ न । केन्द्रीय सरकारले त्यो रोकिदिया छ,’ उनले भने ।

यस्तो अवस्थामा पनि एमालेले आफ्नो स्थानबाट उद्धार तथा राहतको काम गरिरहेको र गरिरहने उनले बताए ।

‘हामी सकेसम्म सबैसँग समन्वय गरेर काम गर्न चाहन्छौं, केन्द्रीय सरकारसँग पनि समन्वय गर्न चाहन्छौं,’ ओलीले भने, ‘केन्द्रीय सरकारको कोषमा पैसा जम्मा भएको छ । तर, जनता भोकै छन् ।’

यस्तो अवस्थामा एमालेले दिन खोजेको राहत रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने कि आफै पीडितकहाँ पुर्‍याउने भन्ने प्रश्न उठिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् । ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्। सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ ...
। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो । कृषिमन्त्री चौधरीले ...
। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो । सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा ...
। नेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्। नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ...
। पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो । पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका हुन् । गत १० भदौमा आएको ...