मुख्य समाचार
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएकी छिन् । शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान संकायकी प्राध्यापक छिन् ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।



नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताए ।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्रुप निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राहत कोषमा ४ करोडको चेक हस्तान्तरण गरेको छ । बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ...
। रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् । उनका टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् । उद्धार टोलीले कठिन ...
। काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ दिएकी छिन् । उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते अकस्मात आएको भीषण बाढीमा परेर हजारौं मानिस बेपत्ता भएका छन् भने हजार बढी शव फेला ...
। भोटेकोशी तथा त्रिशूली नदीमा आएको १० भदौको विनासकारी बाढीले ६ हजारभन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले सो अनुमान गरेको हो । आज पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले पत्रकारसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ १२ अर्ब हाराहारी क्षतिको अनुमान गरिएको छ । बाढीका कारण ४५ ...
। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । ...