मुख्य समाचार
विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम

। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गौतमल यस्तो बताएकी हुन् ।




उनले लेखेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ।’

उनी अगाडि लेख्छिन्, ‘हामी नदी रोक्न सक्दैनौँ। हिमाल र हिमनदीलाई नियन्त्रण गर्न सक्दैनौँ। विश्वव्यापी जलवायु परिवर्तन एक्लैले रोक्न पनि सक्दैनौँ। तर त्यसको सामना गर्न सक्ने नेपाल भने बनाउन भरपुर प्रयत्न गर्न सक्छौँ ।



कानून सुधार समितिमा आफूले यही यही विषय राखेको भन्दै उनले अब विपद् र जलवायु उत्थानशीलतालाई कानुन र नीतिको एउटा विषयमा मात्र सीमित राखेर नपुग्ने बताइन् ।

उनले भनिन्, ‘यसलाई हरेक विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।’

मन्त्री गौतमले पछिल्लो १२–१३ वर्षयता नेपालले लगातार ठूला प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै हरेक विपद्पछि ठूलो जनधन तथा पूर्वाधारको क्षति हुने र पुनः शून्यबाट सुरु गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।

उनले सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको विनाशकारी भूकम्प, तातोपानी–भोटेकोशी क्षेत्रका बाढीपहिरो, मेलम्ची–इन्द्रावतीको बाढी, सुनकोशी र रोशी खोलाको बाढी, सोलुखुम्बुको थामेमा आएको बाढी तथा जाजरकोट भूकम्पलगायतका विपद्ले नेपालमा ठूलो क्षति पुर्‍याएको स्मरण गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा शवलाई जमिनमा राखेर व्यवथापन गरिएको थियो। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो। क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल थालिएको छ । ...
। प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो १ बजे बैठक राख्ने निर्णय गरेको हो। साथै, बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको ...
। कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् । मन्त्री चौधरीले अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरूको छलफलमा जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिएकी हुन् । उनले नेपाल सरकारले विश्वसामु जलवायु ...
। हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये ९७२ शवको लास जाँच ...
। केदारनाथ शर्माले गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्माले आज मंगलबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयमा आयोजित गृहसचिव शर्माको स्वागत कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभागलगायतका प्रमुखहरूको उपस्थिती थियो । यसअघि गृहसचिव रहेका राजकुमार श्रेष्ठले भने १५ भदौबाट सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर ...