मुख्य समाचार
रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु
रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु

। रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको युक्रेनले मङ्गलबार बताएको छ।

मस्कोले पछिल्लो समयममा किएभमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, आक्रमणको साढे चार वर्ष भन्दा लामो समय पछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन।

हप्तौँको आक्रमणपछि किएभले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब एक दर्जन चर्को विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आतङ्क को निन्दा गर्दै मृतकहरूमध्ये एक भारतीय नागरिक रहेको बताए। उनले यस समयमा युक्रेनको हवाई रक्षालाई थप शक्तीशाली बनाउनका आवाश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गरेका छन्।



अधिकारीहरूका अनुसार पीडितहरू मध्ये आठ जना किएभमा मारिएका थिए भने तीमध्ये अधिकांश रेलका कामदारहरू थिए जसको ब्यालिस्टिक मिसाइल रेल डिपोमा ठोक्किएपछि मृत्यु भएको थियो।

युक्रेनी रेलवेका प्रमुख कार्यकारी ओलेक्सान्डर पेर्टसोव्स्कीले कम्पनीका ६ जना कर्मचारीको रूसी आक्रमणमा मृत्यु भएको बताए। आक्रमणले व्यापक विनाश निम्त्याएको जनाउँदै कार्यस्थलको पूर्ण विनाश भएको र केही स्थानहरूमा आगलागी भएको उनको भनाइ छ।

बोरिस्पिलको उपनगरमा एउटा आवासीय भवनमा क्षति पुगेको जनाउँदै युक्रेनी अधिकारीहरूले घोषणा गरेअनुसार किएभ क्षेत्रमा अन्य चार जनाको मृत्यु भएको छ।

जेलेन्स्कीले बोरिस्पिलको भवनबाट ५० जनालाई बाहिर निकालिएको बताए। युक्रनी हवाई रक्षा क्षमताहरू कमजोर भएकाले रूसले हिसांम्मक आक्रमण जारी राखी मानिसहरूको जीवन प्रभावित बनेको छ।

युरोपियन युनियनका रक्षा र विदेश मन्त्रीहरू मङ्गलबारदेखि आयरल्यान्डमा भेला हुने भएका छन् किएभ माथि क्रेमलिनले आफ्नो हवाई अभियानलाई बढाइरहेको छ।

युक्रेनको सीमा सेवाले मस्कोले नेटो–सदस्य रोमानियासँगको सीमामा रहेको नाकामा सोहि प्रकारको ड्रोन आक्रमण गरेको थियो। रोमानियाले यस वर्ष दुई पटक आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्ने रूसी ड्रोनलाई गोली हानेर खसालेको घोषणा गरेको छ।

युक्रेनी अधिकारीहरूले मस्कोले जापोरिझियामा प्रहार गर्दा चार जना घाइते भएको र दक्षिणी ओडेसा क्षेत्रमा आक्रमण गरेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफ्नो सेनाले लामो दूरीको हतियार र आक्रमण ड्रोन प्रयोग गरेर आक्रमण गरेको बताएको छ।

आक्रमणले किएभ र वरपरका क्षेत्रमा सैन्य–औद्योगिक र इन्धन र ऊर्जा सुविधाहरूलाई लक्षित गरेको बताइएको छ। मन्त्रालयले ओडेसा क्षेत्र र ओडेसा र चोर्नोमोस्र्कका बन्दरगाहहरूमा पूर्वाधारमा प्रहार गरेको पनि बताएको छ।

युक्रेनी वायु सेनाले किएभ र यस क्षेत्रमा ब्यालिस्टिक हतियार र आक्रमणका अन्य माध्यमहरूको खतरा जारी रहेको चेतावनी दिदै स्थानीय बासिन्दाहरूलाई सुरक्षित आश्रयमा रहन आग्रह गरेको थियो।

युक्रेनी केटाकेटीहरू मङ्गलबार जाने बताउँदै किएभ क्षेत्रीय सैन्य प्रशासनले उच्च जोखिममा रहेका क्षेत्रहरूमा ठुला घटनाहरू हुन नहुने चेतावनी दिएको छ। किएभ र यसको वरपरका क्षेत्रहरू हालैका हप्ताहरूमा रूसी आक्रमणहरूबाट निरन्तर दबाबमा आएका छन् भने जेटबाट–सञ्चालित ड्रोनहरूले खतरा थपेको चेतावनी दिएको छ।

एक सप्ताहन्तमा राजधानीको उपनगरमा एउटा गोलाबारुद भण्डारमा भएको आक्रमणमा ३८ जनाको मृत्यु भएको थियो।दुवै पक्षले पछिल्लो समयमा गोदामहरू, व्यवसायहरू र तेल र बन्दरगाह सुविधाहरूका साथै जहाजहरू जस्ता पूर्वाधारहरूलाई लक्षित गर्दै लामो दूरीका आक्रमणहरू बढाउँदा नागरिक हताहती बढेको जनाइएको छ।

युक्रेनले अवरोधक मिसाइलहरूको अभावको सामना गरिरहदा विशेष गरी ब्यालिस्टिक खतराहरू विरुद्धको प्रयोगका लागि अमेरिकी निर्मित प्याट्रियट प्रणालीहरूको अभाव रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...