मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता

। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ।

मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो

वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवार र प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दुवै देशको अवस्थालाई स्मरण गर्दै उनले यस सङ्कटको घडीमा लामो समयदेखिको मित्रराष्ट्र नेपालको साथमा जापान दृढतापूर्वक उभिएको बताइन्। सो अवसरमा प्रधानमन्त्री ताकाइचीले हाल सम्पर्कविहीन रहेका ५ जना जापानी नागरिकको तत्काल खोजी र उद्धार कार्यमा अधिकतम सहयोग गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेकी छन्।

राहत सामग्री र आपत्कालीन टोली पठाइँदै

नेपालका लागि घोषणा गरिएका त्रिपाल र ब्ल्याङ्केटलगायतका आपत्कालीन राहत सामग्रीहरू छिट्टै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्री ताकाइचीले गराएकी छन्।

यसका साथै, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमार्फत थप सहयोग उपलब्ध गराउने र जापानबाट एउटा अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली पठाउने तयारी भइरहेको उनले बताएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहद्वारा कृतज्ञता व्यक्त

जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद्‌बाट भएको क्षतिको यथार्थ विवरण र नेपाल सरकारले गरिरहेको उद्धार तथा राहत प्रयासबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले जापानी सरकार र जापानी जनताले देखाएको सहानुभूति, सहयोग र ऐक्यबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गरेको जापानी परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ। कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख ...
: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्। जापान सरकारले उपलब्ध गराएको राहत ...
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...