मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग
वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग

। रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग जुटाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थासहित ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको संघले जनाएको छ । सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघको भनाइ छ ।

संकलित १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र संघका सल्लाहकारहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

संघले संकलित रकम सरकारी राहत कोषमा जम्मा भइ विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा प्रयोग हुने अपेक्षा गरेको छ । मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ । अभियानमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव र उदार सहयोगप्रति संघले आभार व्यक्त गरेको छ ।

संघका अनुसार सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिइनेछ । अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी सहयोगी संस्थाको योगदानको अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीहरूलाई समेत उपलब्ध गराइने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्रकृतिक विपद्को सामना सबैले एकताबद्ध भएर गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभामा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । भदौ १० गते रसुवामा विनाशकारी बाढी गएको थियो । उक्त बाढीले ठूलो मात्रामा धनजनको क्षति भएको स्मरण गरे । ‘यो ठूलो विपद् हो । मानवीय व्यवहारका कारणले सिर्जित भएपनि ...
। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। ...
। संखुवासभाको मकालु गाउँपालिका –५ माङ्सिमा बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकालु गाउँपालिका –५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । इजाजत बिनाको भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरुङलाई भदौ १५ गथे पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले ...
। भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को तथ्यांकअनुसार अझै पनि ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना सम्पर्कविहीन छन् । सबैभन्दा ठूलो संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन छन् । २१६ मेगावाटको निर्माणाधीन आयोजनामा ५७३ ...
। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति गर्‍यो। धेरैको परिवार गुमे, भौतिक संरचना पनि गुमे। धेरै घाइतेहरू छन्। उनीहरू अझै पनि उपचारसँगै राहत र उपचारको पर्खाइमा छन्। सधैँ आउजाउ गर्ने पुल तथा बाटोहरू बाढीले बगाएसँगै अहिले नुवाकोटका त्रिशूली नदीका तटीय क्षेत्रहरू बगरजस्तै भएका छन्। ...