मुख्य समाचार
बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या
बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या

। रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ ।

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा शवलाई जमिनमा राखेर व्यवथापन गरिएको थियो। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो।

क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल थालिएको छ । जिल्ला सुरक्षा समितिका साथै चिकित्सकहरुसँग समेत परामर्श गरेर अहिले शव व्यवस्थापनबारे छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनको छलफलमा केन्द्रित रहेको प्रशासनले बताएको छ।

चितवनकै जस्तो जमीनमुनि शव राखेर व्यवस्थापन गर्नेगरी छलफल थालिएको छ। यसको निर्णय भने हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले ...
। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, ...
। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगजनी, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको देशमा पर्ने भन्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभाव भोग्ने देशमध्ये ...
। नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो । सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो । तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।
। स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज ओस्तीमाथि सोमबार मोसो छ्यापिएको छ। वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको ...