मुख्य समाचार
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन्
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन्

। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । ‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने । उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले विपद्को समयमा गृहमन्त्री सुधान गुरुङको दायित्व र जिम्मेवार महत्वपूर्ण रहेको बताएका छन् । तर, गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको उनको टिप्पणी छ । राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यतिबेला सशस्त्र प्रहरी जनपथ प्रहरीहरू स्रोतसाधनविहीन भएका छन्, ...
। राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् । मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र ...
। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले ...
। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, ...