मुख्य समाचार
बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन
बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन

। रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन भइरहेकाे छ ।

म‌ंगलबार दिउँसाे काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा केही शव माटोमुनि व्यवस्थापन गरिएका छन् । यसअघि त्यहाँ साेमबार राति पनि ४६ शव व्यवस्थापन गरिएका थिए ।

फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार दिउँसोसम्म प्राप्त ९८७ शवमध्ये करिब १०० शव काठमाडौं ल्याइएका छन् ।

सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको जमिनमुनि व्यवस्थापन गरिरहेको छ । निर्देशिकामा संकलित शवको मुचुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, सनाखत, अभिलेखीकरण, संकेत चिह्न राख्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको बताए । ‘तपाईंहरूलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाइन् । सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उनको भनाइ छ । ‘सोसियल ...
। सुरुङभित्र दुई जना सुरक्षाकर्मी कम्मर–कम्मर भासिँदै हिँडेको देखिन्छ । सुरुङ बाहिर रहेका सुरक्षाकर्मीले डोरीको सहायताले भासिएका अर्का सुरक्षाकर्मी (उद्धारक)लाई तान्छन् । अर्का सुरक्षाकर्मी अँध्यारो सुरुङलाई टर्च लाइट देखाएर उज्यालो पार्ने कोसिस गर्छन् । नेपाल आर्मीले उद्धार गरिरहेको यो भिडियोमा आवाज सुनिन्छ, ‘तान ओई तान, डोरी तान, तलबाट तान ।’ भिडियोमा पानी पर्दै गरेको देख्न ...
। रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा भोटेकोशी बाढीबाट भएको क्षतीबारे राजदूत माओमिङले दु:ख व्यक्त गर्दै चीनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । त्यस्तै, खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको ...
। महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ । प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको ...