मुख्य समाचार
जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी
जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी

। गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने ।

साथै, गृहमन्त्री गुरुङले अझै आशा नमारेको पनि जिकिर गरे ।

‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ,’ गृहमन्त्री गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो । परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पीआईडीका प्रमुख एवं ...
। रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा गएको बाढी पहिरोलाई कारण देखाउँदै सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ । भदौ, पहिलो १५ दिनको उपहार कार्यक्रम आज घोषणा गर्नुपर्ने थियो । आन्तरिक राजस्व विभागका अनुसार उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै प्रदेश सरकारका काम कारबाही रोक्नुपर्ने अवस्था नरहेको र प्रदेश सरकारले नियमित रूपमा आफ्ना काम अघि बढाउन सक्ने अदालतका उपरजिस्टार प्रवक्ता बद्रीप्रसाद लामिछानेले जानकारी दिए । न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त ...
। विनाशकारी बाढीमा स्थानीय तह र प्रदेशसँग संघीय सरकारले आवश्यक समन्वय नगरेको आवाज उठिरहेको बेला सोमबार भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले एउटा अनौठो अभिव्यक्ति दिए । उनको अभिव्यक्तिको भावले भन्छ- विपद् व्यवस्थापनमा संघीय सरकारको सक्रियता आवश्यक थिएन/छैन। ‘विपद् आयो। त्यो वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो,’ उनले भनेका छन्, ...
। मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तत्काल आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए । त्यस्तै, बाढीका कारण घाइते भएका मधेश प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा निःशुल्क ...