मुख्य समाचार
मधेश प्रदेश सरकारले बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय
मधेश प्रदेश सरकारले बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय

। मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

तत्काल आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

त्यस्तै, बाढीका कारण घाइते भएका मधेश प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरेको छ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ हजार थान कम्मल र ७ सय सेट टेन्ट उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ ।

करिब १ करोड ९६ लाख रुपैयाँ बराबरका राहत सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने प्रवक्ता मन्त्री भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्लेटफर्मलाई चुस्त बनाउने निर्णय गरेको छ । प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतमा आज बसेको बैठकले हेटौंडा–काठमाडौं अन्तर्गत भीमफेदी–कुलेखानी खण्डको साँघुको मार्गको वैकल्पिक व्यवस्थाका लागि भीमफेदी–कोगटे–इपा देउराली हुँदै सिस्नेरीसम्मको मार्ग निर्माण कार्य तत्काल सम्पन्न ...
। नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको टोलीले रसुवा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी राखेका छन्। सैनिक निर्देशनालयका अनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलमा विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको हो। चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिएको छ। त्रिशूली-३ए आयोजनामा टनेल हेड फेला ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता सङ्गठनका प्रतिनिधिसँग मंगलबार आयोजित अन्तर्क्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका क्रममा प्राप्त सुझावलाई समेटेर परिपक्व ढङ्गले ऐनलाई अन्तिम रूप दिइने बताएका हुन् । ‘शिक्षा ऐन निर्माणका क्रममा जति पनि सरोकारवालासँग छलफल भएको ...
। विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ । जिल्लाका ग्यास डिलरमध्ये बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले सिल गरेको सिलिन्डरबाटै ग्यास चोरेर बेच्ने गरेको खुलासा भएको हो । कम तौलको ग्यास बिक्री गरेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सप्लायर्सको बाह्रकिलोस्थित गोदाममा अनुगमन गरेको थियो । अनुगमनको ...
। सर्वदलीय बैठकले राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको छ । रास्वपाको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद्को अवस्थामा एकजुट भएर राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको हो । बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले खोजी, उद्धार र राहतका विषयमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझाव तथा ...