। रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा गएको बाढी पहिरोलाई कारण देखाउँदै सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ ।
भदौ, पहिलो १५ दिनको उपहार कार्यक्रम आज घोषणा गर्नुपर्ने थियो । आन्तरिक राजस्व विभागका अनुसार उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा बम्पर उपहारका बिजेता छनोट गरिने भएको छ ।
सरकारले हरेक १५/१५ दिनमा १/१ जनालाई बम्पर उपहार स्वरुप १० लाख र हरेक दिन १/१ जनालाई १ लाख दिने गरी यो कार्यक्रम सुरु गरेको हो ।