मुख्य समाचार
संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति
संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति

। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ।

प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको मृत्यु भएको छ भने ७७ हजारभन्दा बढी घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन (युनामा)ले मङ्गलबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित १९५ जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै, हिंसापीडितलाई सेवा प्रदान गरिरहेका २३ राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र २३ तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ।

प्रतिवेदनअनुसार अन्तर्वार्ता लिइएका ९५ प्रतिशत व्यक्तिले द्वन्द्वका कारण अवसाद, चिन्ता, घटनाको बारम्बार सम्झना आउनेलगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन्। त्यस्तै, ५८ प्रतिशतले सशस्त्र द्वन्द्वका कारण शारीरिक क्षति बेहोरेको बताएका छन्।



आफ्ना प्राथमिक आवश्यकताबारे सोध्दा ८१ प्रतिशत पीडितले आर्थिक क्षतिपूर्ति, ४८ प्रतिशतले न्यायमा पहुँच तथा ४७ प्रतिशतले मानवअधिकार उल्लङ्नका घटना पुनः हुन नदिन आवश्यक उपायलाई प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले द्वन्द्वमा सङ्लग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीडितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...