मुख्य समाचार
विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी
विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी

। विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ । जिल्लाका ग्यास डिलरमध्ये बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले सिल गरेको सिलिन्डरबाटै ग्यास चोरेर बेच्ने गरेको खुलासा भएको हो ।

कम तौलको ग्यास बिक्री गरेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सप्लायर्सको बाह्रकिलोस्थित गोदाममा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सप्लायर्सले सिलिन्डरको सिल फुटाएर ग्यास चोर्ने र बेच्ने गरेको पाइएको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।

‘त्यहाँ गोदाममा भरिएको सिलिन्डर थिएनन्, सबै बेचिसकेको रहेछ,’ उनले भने, ‘त्यहाँबाट बिक्री भएका सिलसहितको केही सिलिन्डर जोख्यौं, करिब चार केजी तौल कम पाइयो ।’

भरी सिलिन्डरको तौल कम्तीमा २९ केजी हुनुपर्नेमा २५ केजीमात्र भेटिएको उनले बताए ।



उनका अनुसार सिलिन्डर सिल गर्न प्रयोग भएको प्लास्टिक पनि कम्पनीकोभन्दा फरक पाइएको छ । ‘कम्पनीले लगाएको सिल तोडेर ग्यास चोर्ने अनि अर्काे प्लास्टिक लगाएर सिल गर्ने गरेका रहेछन्,’ सहायक सीडीओ शर्माले भने, ‘अनि कम तौल भएको त्यही ग्यास बेच्दा उपभोक्ता ठगिने गरेको पाइयो ।’

सो कुरा गोदामका कामदारले पनि स्वीकार गरेका छन् । अनुगमनका क्रममा सिलिन्डरबाट ग्यास चोर्न प्रयोग हुने धातुको सुइरोजस्तो उपकरण समेत गोदामबाट बरामद गरिएको सहायक प्रजिअ शर्माले बताए ।

उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन वा कालाबजारी अन्तर्गत कारबाही हुनुपर्ने उनले जिकिर गरे । उपभोक्ता संरक्षण ऐन अन्तर्गत जरिवाना र कालाबजारी अन्तर्गत जरिवानासँगै जेलसजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए ।

सहायक सीडीओ शर्माको नेतृत्वको अनुगमन टोलीमा जनप्रतिनिधि, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, एकीकृत सेवा कार्यालय, पत्रकार महासंघलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उक्त सप्लायर्सले बाबा, लुम्बिनी, चण्डीलगायतका ग्यास बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...