मुख्य समाचार
पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताए
पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताए

। गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिए ।

विपद्ग्रस्त क्षेत्र, विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन रहेको उनले बताए । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातको समयमा समेत प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए ।

अहिले सुरुङको माथिल्लो भाग (हेड) बाट खनेर वा ड्रिल गरेर भित्र रहेकाहरूका लागि अक्सिजन र खाद्यान्न पुर्‍याउन सकिन्छ कि भन्ने वैकल्पिक योजनामा सरकारले काम गरिरहेको पनि जानकारी गराए ।

‘त्यहाँको जमीन दलदले माटोले भरिएको छ, जसका कारण उद्धारमा प्रयोग गरिएका एक्साभेटरहरू समेत डुब्ने अवस्था छ । हामीले उद्धारका लागि ढोका खुला राखेका छौं,’ उनले भने, ‘भारतीय र चिनियाँ टोलीहरू तेस्रो दिनदेखि नै कार्यक्षेत्रमा खटिएर सर्भे र रेस्क्यु प्लानमा सघाइरहनुभएको छ । अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाई क्षेत्र भएकाले दुर्घटना रोक्न र उद्धारलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागू गरिएको हो ।’

विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै गृहमन्त्रीले नेपाल सरकारले शुरुदेखि नै छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको समेत बताए । उनका अनुसार हाल भारतीय र चिनियाँ टोलीहरूले नेपाली सेनासँगको समन्वयमा प्राविधिक सहयोग र उद्धार कार्य गरिरहेका छन् ।

बाढीपहिरोको पूर्वसूचना दिन र नागरिकको ज्यान जोगाउन खटिएकै अवस्थामा चार जना सुरक्षाकर्मी बेपत्ता भएको दु:खद् जानकारी पनि उनले दिए ।

राति ९:१५ बजेदेखि नै एसएमएस र माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिएको दाबी गर्दै उनले सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको रक्षा गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...