मुख्य समाचार
दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटे
दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटे

। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् ।

गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ ।

प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग उपलब्ध गराउने काम यसअघि नै सुरु भइसकेको छ । गुड नेबर्सले बाढी प्रभावित नुवाकोटका विस्थापित नागरिकलाई खाद्यान्न, अत्यावश्यक घरायसी सामग्री र सरसफाइका सामग्री उपलब्ध गराउँदै आएको छ ।

संस्थाले बाढी प्रभावित बालबालिकाको पुनस्र्थापनामा पनि सहयोग गरिरहेको छ । यसका लागि बालमैत्री स्थल स्थापना गर्नुका साथै बालबालिकालाई मनोसामाजिक सहयोग उपलब्ध गराइएको छ ।

यो सहयोगसँगै जंग इल-वू गुड नेबर्सको विशेष दाता समूह ‘द नेबर्स क्लब’का सदस्यसमेत बनेका छन् । वार्षिक कम्तीमा १० मिलियन वन सहयोग गर्ने र निरन्तर सहयोगको अभ्यास गर्ने सदस्यहरू यस समूहमा आबद्ध हुन्छन् ।

जंग इल-वूले भने, ‘अचानक आएको बाढीबाट पीडित भएका नागरिक र बालबालिकालाई थोरै भए पनि सहयोग पुर्‍याउन चाहन्छु ।’ उनले अघि भने, ‘प्रभावित क्षेत्र सकेसम्म चाँडो पुनस्र्थापित होस् र त्यहाँका मानिस शान्तिपूर्ण दैनिक जीवनमा फर्कन सकून् भन्ने मेरो हार्दिक कामना छ ।’

अभिनेता इल-वूको सहयोगले अचानक आएको प्राकृतिक विपद्का कारण घर र जीविकोपार्जन गुमाएका नेपाली नागरिक तथा बाढी प्रभावित बालबालिकाको पुनस्र्थापनामा सहयोग पुगेको छ । गुड नेबर्सले पनि प्रभावित क्षेत्रको अवस्था निगरानी गर्दै आपतकालीन राहत तथा बालबालिका सहायता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ । लन्डनस्थित साउथवार्क क्राउन अदालतले सोमबार ५१ वर्षीय ब्रान्डलाई उक्त सजाय सुनाएको हो । उनी सन् २००४ देखि २००९ सम्म चार महिलामाथि भएका यौन अपराधमा दोषी ठहर भएका थिए । जसमा एक बलात्कार र तीन यौन दुर्व्यवहारका ...
। नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् । सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका अनुसार सानो क्यासिनो सञ्चालन गरिरहेका क्यासिनोले स्तरोन्नति गरी ठूलो क्यासिनो सञ्चालन गर्न चाहे वा हाल सञ्चालनमा रहेको क्यासिनोको खेल क्षेत्रको क्षेत्रफल बिस्तार गर्न, ...
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...