मुख्य समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना

। विपद्‌बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ ।

चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गलगायत देशका केही महत्त्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योगी व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा उत्पन्न भएकाले उक्त डेस्क स्थापना गरिएको हो ।

सहजीकरण डेस्कमार्फत राहत सामग्रीको ढुवानीमा देखिने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ ।

साथै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनका लागि आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ । ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने ...
। भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लैजाने काम जारी रहेको उनले बताए। यसैबीच, ...
। प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’ भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको ...
। नेपाल वनस्पति घिउ तेल उत्पादक संघले हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघले बुधबार बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । १० भदौ बुधबार बिहान चीनको ...
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११ हजार ९९३ उद्धार भएको जानकारी संसद्लाई जानकारी गराएका हुन् । प्रधानमन्त्री बालेनले अझै पनि तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको पनि बताए । उनले बाढीम ापरी घाइते भएका २९२ जनामध्ये ...