मुख्य समाचार
चीनको कैलाश मानसरोवर गएकामध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्
चीनको कैलाश मानसरोवर गएकामध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्

। चीनको कैलाश मानसरोवर गएकामध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्। ३ हजार जना त्यस क्षेत्रमा गएको तर रसुवा बाढीका कारण रोकिएकाहरू फर्किएका हुन्। उनीहरू हिल्सा र तातोपानी नाका हुँदै फर्किएको परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

हिल्सा र तातोपानी नाका हुँदै फर्किएका छन् । मन्त्रालयका अनुसार कैलाश मानसरोवर जाने र फर्कने अधिकांश तीर्थयात्री छन्।

‘विपद्को समयमा माउन्ट कैलाश जाँदै गरेका र फर्किँदै गरेका अनुमानित तीन हजार जनामध्ये करिब २५ सय जना हिल्सा र तातोपानी नाका भई फर्किएका छन्,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भने।

बाँकी भएकालाई पनि फर्काउने सहजीकरण भइरहेको उनको भनाइ छ। केही मानिसहरू भने ल्हासाबाट हवाई मार्ग भएर फर्किने तयारीमा रहेको उनले बताए।



चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाहरू भई नेपाली तथा विदेशी नागरिकहरूको फिर्तीमा सहजीकरण गरेको पौडेलको भनाइ छ।

भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ । ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने ...
। भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लैजाने काम जारी रहेको उनले बताए। यसैबीच, ...
। प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’ भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको ...
। नेपाल वनस्पति घिउ तेल उत्पादक संघले हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघले बुधबार बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । १० भदौ बुधबार बिहान चीनको ...
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११ हजार ९९३ उद्धार भएको जानकारी संसद्लाई जानकारी गराएका हुन् । प्रधानमन्त्री बालेनले अझै पनि तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको पनि बताए । उनले बाढीम ापरी घाइते भएका २९२ जनामध्ये ...