मुख्य समाचार
शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध
शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध

। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष कल्पना क्षेत्रीले बताइन् ।

धादिङ, नुवाकोट, चितवन तथा काठमाडौंको त्रिव शिक्षण अस्पताललगायतका स्थानमा शव व्यवस्थापनको काम भइरहेको छ । नेपाल प्रहरीका शव व्यवस्थापन संयोजक डीआईजी ओम बहादुर रानासँगको समन्वयमा सामग्री हस्तान्तरण गरिएको हो ।

प्रारम्भले शव व्यवस्थापनमा खटिने जनशक्तिका लागि २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएको छ । त्यसमध्ये १२ थान पुनः प्रयोग गर्न मिल्ने र १३ थान नियमित पीपीई रहेको क्षेत्रीले जानकारी दिइन् । बाक्लो तथा डबल टेपिङ गरिएको पुनः प्रयोग गर्न मिल्ने पीपीईले दुर्गन्ध तथा सम्भावित संक्रमणबाट कामदारलाई थप सुरक्षा दिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, अत्यधिक दुर्गन्ध तथा संक्रमणको जोखिम भएका स्थानमा काम गर्ने प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकका लागि २० थान एयर फिल्टर मास्क पनि उपलब्ध गराइएको छ । सिंगापुर रेडक्रसमार्फत प्राप्त ती मास्क सर्जिकल मास्कमाथि समेत प्रयोग गर्न मिल्छ ।

शवको पहिचान, तस्बिर खिच्ने तथा व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य तथा सुरक्षाको जोखिम हुने भएकाले त्यस्ता काममा खटिने जनशक्तिको सुरक्षालाई प्राथमिकता दिइएको क्षेत्रीले बताइन् ।

संस्थाले १०० लिटर फिनेल र २० लिटर ब्लिच पनि उपलब्ध गराएको छ । शव व्यवस्थापनस्थलमा दुर्गन्ध नियन्त्रणसँगै संक्रमणको जोखिम कम गर्न यी सामग्री आवश्यक पर्ने प्रारम्भका कार्यक्रम व्यवस्थापक बद्रीराज तिमल्सिनाले बताए ।

उनका अनुसार फिनेलले मुख्यतः दुर्गन्ध नियन्त्रणमा सहयोग गर्छ भने ब्लिच संक्रमण नियन्त्रण तथा निर्मलीकरणका लागि उपयोगी हुन्छ । शव व्यवस्थापन स्थलमा सरसफाई तथा संक्रमण नियन्त्रणका लागि आवश्यकताअनुसार यी सामग्री प्रयोग गरिनेछ ।

तिमल्सिनाका अनुसार शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक अन्य सामग्रीको समेत प्रारम्भले निरन्तर व्यवस्था गर्ने तयारी गरेको छ । त्यहाँ खटिएका जनशक्तिका लागि खानेपानी, सर्जिकल मास्क, स्प्रे तथा खानपानलगायतका सामग्री आवश्यक रहेको जानकारी प्राप्त भएको उनले बताए ।

‘अहिले आवश्यक देखिएका सामग्री उपलब्ध गराएका छौं । त्यहाँ खटिएका प्रहरी, स्वयंसेवक र स्वास्थ्यकर्मीबाट थप आवश्यकता आए त्यसअनुसार सामग्री उपलब्ध गराउने तयारीमा छौं’ तिमल्सिनाले भने ।

बाढी तथा विपद्पछि राहतका क्रममा खाद्यान्नमा बढी ध्यान जाने भए पनि शव व्यवस्थापनजस्तो संवेदनशील कामका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री, संक्रमण नियन्त्रणका सामग्री तथा दुर्गन्ध व्यवस्थापनका साधनको समेत उत्तिकै आवश्यकता पर्ने देखिएको छ ।

प्रारम्भले आगामी दिनमा स्थानीय आवश्यकता र सम्बन्धित निकायको मागका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...