मुख्य समाचार
सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण
सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण

। सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उपस्थित सांसदहरू एक मिनेट उठेर मौन धारण गरेका हुन् ।

त्यसअघि आजै प्रतिनिधिसभाले रसुवाको बाढीपछिको विपद्का सन्दर्भमा विशेष प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।



बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

यो अवस्थाबारे प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्री बालेनले ब्रिफिङ समेत गरेका छन् ।

प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताए । अनि सरकारले गरेका कामहरूबारे जानकारी गराए ।

त्यसपछि राजनीतिक दलका नेताहरूले सम्बोधन गरे ।

नेताहरूको सम्बोधनपछि सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो ।

त्यसक्रममा राष्ट्रिय सभाले सरकारलाई बिभिन्न विषयमा काम गर्न सिफारिस समेत गरेको छ । जसमा उद्धार, राहत, पुनस्र्थापना तथा सम्पर्कविहीनको खोजीलाई प्राथमिकता दिन, घाइतेहरूको निःशुल्क उपचार गर्न, वैज्ञानिक शव व्यवस्थापन गर्न भनिएको छ ।

साथै, पुनर्निर्माणमा तहगत सरकारहरूबीच समन्वय गर्न, स्थानीय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न र विपद् व्यवस्थापन गर्दा राष्ट्रिय एकता कायम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...