मुख्य समाचार
रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

। रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

यो अवस्थाबारे प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्री बालेनले ब्रिफिङ समेत गरेका छन् ।
प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताए । अनि सरकारले गरेका कामहरूबारे जानकारी गराए ।

त्यसपछि राजनीतिक दलका नेताहरूले सम्बोधन गरे । नेताहरूको सम्बोधनपछि सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो ।

त्यसक्रममा राष्ट्रिय सभाले सरकारलाई बिभिन्न विषयमा काम गर्न सिफारिस समेत गरेको छ । जसमा उद्धार, राहत, पुनस्र्थापना तथा सम्पर्कविहीनको खोजीलाई प्राथमिकता दिन, घाइतेहरूको निःशुल्क उपचार गर्न, वैज्ञानिक शव व्यवस्थापन गर्न भनिएको छ ।

साथै, पुनर्निर्माणमा तहगत सरकारहरूबीच समन्वय गर्न, स्थानीय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न र विपद् व्यवस्थापन गर्दा राष्ट्रिय एकता कायम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले काँस-कुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् । बुधबार दर्जनौं काँस-कुशका शवहरूको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा बाक्लो भीड छ । उनीहरूले बेपत्ता आफन्तलाई सम्झिँदाको दृश्य निकै कारुणिक पनि देखिएको छ ।
। सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उपस्थित सांसदहरू एक मिनेट उठेर मौन धारण गरेका हुन् । त्यसअघि आजै प्रतिनिधिसभाले रसुवाको बाढीपछिको विपद्का सन्दर्भमा विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । भदौ १० गते ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख ...
। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् । उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । ३ हजार ९ सय १६ ...