मुख्य समाचार
बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताए
बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताए

। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर बेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताएका हुन्।

उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे। विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन हुनुपर्ने उनले माग गरे।

साथै उनले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए। प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्ययोजना आउनुपर्ने उनले बताए।



हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उहाले विश्व समुदायलाई आग्रह गरे।

कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने उनको भनाइ छ। नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...