मुख्य समाचार
विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप
विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप

। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

साथै, उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए ।

‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् । मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले ...
। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ । हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले बताए । १३ भदौदेखि नियमित रूपमा दुईवटा ...
। कर्णाली प्रदेशलाई ‘विषादीमुक्त’ तथा ‘अर्गानिक प्रदेश’ बनाउने उद्देश्यसहित वर्षौंअघि निर्माण गरिएको सुर्खेतको हर्रेस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बल्ल औपचारिक रूपमा सञ्चालनमा आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा (कार्की) ले उक्त प्रयोगशालाको उद्घाटन गरेकी हुन् । कर्णाली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक हर्रेमा निर्माण गरिएको प्रयोगशाला भवन लामो समयसम्म प्रयोगविहीन बनेपछि ...
। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर बेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताएका हुन्। उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म ...
। रसुवा बाढीका कारण मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्म एक हजार २०४ शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा ११५, तनहुँमा ३८, नुवाकोटमा १५५, पूर्वी नवलपरासीमा २१७, पश्चिम नवलपरासीमा २०२, धादिङमा ६०, गोरखामा ६९ र चितवनमा ३४८ ...