मुख्य समाचार
विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ
विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र,इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो।

यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति ...
: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्। चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ ...
: परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, ...
सिमराः पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा बुधबार दिउँसो तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका-६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल रहेका छन्। प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित ढुंग्रे पुलमा पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको पौडेलले चलाएको बा.प्र.०६-००८ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ...