मुख्य समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रिक्त रहेका तीन प्रमुख पदाधिकारी नियुक्त
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रिक्त रहेका तीन प्रमुख पदाधिकारी नियुक्त

: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रिक्त रहेका तीन प्रमुख पदाधिकारी नियुक्त भएका छन्। सरकारले प्रतिष्ठानको अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्त गरेको हो। स्वास्थ्यमन्त्री निशा मेहताले नवनियुक्त तीनै जना पदाधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

प्रतिष्ठानको अस्पताल निर्देशकमा डेन्टल विभागका डा. इन्द्र लिम्बू नियुक्त भएका छन्। धरानका स्थानीय बासिन्दा डा. लिम्बू यसअघि प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशक तथा निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी चिकित्सक हुन्। निर्देशकमा नियुक्त भएपछि डा. लिम्बूले प्रतिष्ठानको सुधार र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्। प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ।

त्यस्तै, प्रतिष्ठानको शिक्षाध्यक्षमा फोरेन्सिक विभागका डा. शिवेन्द्र झा नियुक्त भएका छन्। मधेश प्रदेशका बासिन्दा डा. झा यसअघि प्रतिष्ठानको डिन भइसकेका छन्। रजिस्ट्रारमा प्रतिष्ठानकै कर्मचारी धरनिधर बराल नियुक्त भएका छन्। बराल इटहरी निवासी हुन्। प्रतिष्ठानको उपकुलपतिमा यसअघि नै डा. स्मृति कार्की नियुक्त भइसकेकी छन्। उपकुलपति डा. कार्कीको सिफारिसका आधारमा तीनै जना पदाधिकारी नियुक्त गरिएको बताइएको छ।




यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला नियुक्त भएका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष डा. सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई बालेन नेतृत्वको सरकारले पदबाट बर्खास्त गरेको थियो। नयाँ पदाधिकारी नियुक्तिसँगै बीपी प्रतिष्ठानको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। प्रतिष्ठानको सेवा सुधार, आर्थिक व्यवस्थापन, शैक्षिक गतिविधि र बिरामीलाई प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको प्रतिष्ठानका डा. नारायणराज भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका टनेल तथा अन्य स्थानमा फसेकाहरुको तत्काल उद्दार र सुरक्षित स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले बाढीले क्षति गरेका सडक, मोटरेबाल पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, बैकल्पिक मार्ग तथा अस्थायी पुलको ...
: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति ...
: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्। चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ ...
: परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, ...